
बलिउड अभिनेत्री सोनम कपूरको घरबाट गहना र नगद चोरी भएको छ ।
चोरी प्रकरणमा उनकै घरमा काम गर्ने ३० वर्षीया नर्स रुथ विल्सन र उनका पति नरेशकुमार सागर पक्राउ परेका छन् ।
चोरीको घटना अनुसन्धानका लागि दिल्ली पुलिसले अपराध महाशाखालाई जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
थोरैथोरै गरेर ती नर्सले गहना चोरेको अनुसन्धानबाट खुलेको छ । चोरेको गहना नर्सले पतिलाई दिने र पतिले बजारमा बेच्ने गरेका थिए । यसरी प्रहरीले अनुसन्धानबाट गहना र नगद बरामद गरेको छ ।