३१ जेठ २०८३, आइतबार

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

भरुवा बन्दुक पड्किर बुधवार राति बारामा १ युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जंगली जनावरको शिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए ।

उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताए । उक्त स्थानबाट १ थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिहीवार बिहान स्कर्पियो आफैं अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईं रहेका प्रहरीले जनाएको छ । 

पूर्वपश्चिम राजमार्ग सडकखण्डको आधाभार जंगलमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा१९च ४३७७ नम्बरको स्कर्पियो आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्य १३ जनामध्ये १ जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरूको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्