
बलिउडका चर्चित कलाकार रणबीर कपूर र आलिया भट्ट पतिपत्नी बनेका छन् । दुवैको विवाह सम्पन्न भएको छ ।
विवाह समारोहमा करीना कपूर, करिश्मा कपूर, पूजा भट्ट, आकाश अम्बानी लगायत सहभागी भएका छन् ।
बाजागाजासहित विवाहलाई बिदा गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आलियाका परिवारका सदस्य सोनी राजदान र महेश भट्टले बिदाइको तयारी गरिरहेका छन् ।
आलिया र रणबीरको विवाह ४ पण्डितले गराएका छन् ।