२१ जेठ २०८३, बिहीबार

कोरोना : ३ हजार ३४२ जनामा परीक्षण गर्दा ४ संक्रमित फेला

कोरोना : ३ हजार ३४२ जनामा परीक्षण गर्दा ४ संक्रमित फेला
प्रतिकात्मक तस्वीर

देशभर पछिल्लो २४ घण्टामा ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३४२ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७८ हजार ६३४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट संक्रमितको संख्या १ लाख ४० हजार १५८ रहेको छ ।

पछिल्लो समय थप ४४ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ९ लाख ६६ हजार २०४  पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । पछिल्लो समय ६१ हजार २७८ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४७९ रहेको छ । अहिले होम आइसोलेसनमा ४५५ रहेका छन् । संस्थागत आइसोलेसनमा २४, आईसीयूमा १२ र भेन्टिलेटरमा १ जनाले उपचार गराइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्