
पूर्वी नेपालको कोसीटप्पु क्षेत्रमा विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको वासस्थान विस्तार गरिने भएको छ ।
प्रदेश १ मा ती वन्यजन्तुको हाल उपस्थिति नभएकाले वासस्थान विस्तार गर्न सकिने सम्भावना रहेका सबै प्रदेशमा वासस्थान विस्तार गर्ने उद्देश्यसाथ सरकारले यो योजना बनाएको हो ।
यो जना सफल भए आगामी केही वर्षभित्रै प्रदेश १ को कोसीटप्पु क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको झुन्ड देख्न सकिने छ । गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।