
मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते श्रीमतीलाई कुटपिट गरेको बताए ।
कुटपिटबाट घाइते भएकी पानोको उपचारका क्रममा बिहीवार राति विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमती हत्याका आरोपी नारायण फरार रहेकाले खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।