×

NMB BANK
NIC ASIA

१२ किलोमिटर सडकमा अदालतका १८४ अन्तरिम आदेश, २ वर्षमा ३० प्रतिशत काम

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ असार– राजधानी शहर काठमाडौंको ‘लाईफलाईन’ सडक विस्तारमा देखिएको अवरोध र सरकारी निरीहताले मुलुकमा विकास र पूर्वाधार विस्तार कति जटिल छ भन्ने प्रष्ट्याउँछ । प्रशंग हो –काठमाडौंको त्रिपुरेश्वर –नागढुंगा सडक खण्डको स्तरोन्नती ।

जम्मा १२ किलोमिटर लम्बाईको यो सडक खण्ड विस्तार गर्नका लागि काम थालिएको अहिले २ वर्ष पुगेको छ । २०७२ साल असार ३१ गतेदेखि काम थालिएको यो आयोजनाको प्रगति २०७४ साल असार २७ सम्ममा जम्मा ३० प्रतिशत मात्र छ ।

राजधानी काठमाडौं भित्रिने र बाहिरीने मूल सडकको रुपमा रहेको यो खण्डमा परिणाममुखी काम हुन नसक्दा जनताले हदैसम्मको सास्ती पाउँदै आएका छन् ।

उक्त खण्डको सडक विस्तारको जिम्मा पाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई वर्षको अवधिमा करीव तीहाई काम गरेको प्रगति देखाए पनि यथार्थमा सडक झन रुग्ण बन्दै गएको छ ।

अन्तरिम आदेशको आतंक
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार, सडक विस्तारका लागि उक्त खण्डमा भत्काउनुपर्ने १ सय ८४ घरधनीले अदालतबाट अन्तरिम आदेश पाएका छन् । प्रभावितहरुले कानून विपरीत घर भत्काउन लागेको भन्दै रिट दायर गरेपछि अदालतले उनिहरुको पक्षमा अन्तरिम आदेश दिएको हो । बजार क्षेत्र र सबै खण्डमा घर नभत्काउन अदालतबाट अन्तरिम आदेश आएका कारण काम अघि नबढेको आयोजना बताउँछ ।

‘अदालती आदेशका कारण सडक विस्तार प्रभावित हुँदै आएको छ,’ आयोजना प्रमुख केसीले लोकान्तरसँग भने । ‘सडक आयोजना अन्तर्गतको सबै खण्डमा अदालतले अन्तरिम आदेश दिएको छ,’ उनले थपे । अदालतको आदेशका कारण काम अघि बढाउन नसकिएको उनले बताए ।

‘साइट क्लियरेन्स’ मा कुनै समस्या छैन
अन्य सडक आयोजनाका लागि ‘साइट क्लियरेन्स’ मूख्य समस्याको रुपमा रहँदै आएको छ । तर यहाँ आयोजनाका लागि साईट क्लियरेन्समा कुनै समस्या नरहेको आयोजना बताउँछ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सडक विस्तारका लागि हालसम्म करीव ३० करोड रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिसकिएको बताए ।

अहिले सडक विस्तारका लागि विद्युत र टेलिफोनका तार व्यवस्थापन गरिरहेको आयोजनाले बताएको छ । ‘अहिले तारहरु व्यवस्थापन गर्ने, ग्राभेल गर्ने, डिमार्केसन लगाउने, फुटपाथ हटाउने, आधार पेटी लगाउने लगायतका काम गरिरहेका छौं,’ केसीले भने ।

घर भत्काउन नपाउँदा ढल निकास, पिच लगायतममा समस्या आएको आयोजना बताउँछ । ‘अवरोध नभएका साढे २ किलोमिटर क्षेत्रमा अहिले काम गरिरहेका छौं,’ आयोजना प्रमुख केसीले भने ।

समय थप्नुपर्ने
आयोजनाका अनुसार, यही गतिमा काम हुँदा निर्धारीत समयमा सडक विस्तार सम्पन्न नहुने प्रष्ट छ । आयोजना सम्पन्न गर्नका लागि सरकारले ३ कम्पनीसँग औषतमा ३० महिनाको ‘कन्ट्रयाक्ट’ गरेको थियो । करीव १ अर्ब ५४ करोड रुपैयाँमा उक्त आयोजनाको सम्झौता भएको थियो । उक्त आयोजनाको म्याद आगामी कात्तिकमा सकिँदैछ ।

१२ किलोमिटरको उक्त सडकमा औषतमा ३ किलोमिटर लम्बाईमा चार खण्डमा ठेक्का दिइएको छ । जसअन्तर्गत त्रिपुरेश्वर –कलंकी खण्ड, कलंकी –सतुंगल खण्ड, सतुंगत –त्रिभुवन पार्क खण्ड र त्रिभुवन पार्क –नागढुंगा खण्ड छन् ।

निर्धारीत समयमा काम सम्पन्न हुने सम्भावना नरहेको आयोजना बताउछ । ‘केही समयसीमा नथपेसम्म आयोजना सम्भव छैन,’ आयोजना प्रमुख केसीले भने । वर्षात्को कारण असार र साउनमा काम हुन नसक्ने आयोजना बताउँछ ।

ठेकेदारलाई हाईसञ्चो
आयोजनाले समयमा साईट क्लियर नगरिदिँदा निर्माण कम्पनीलाई भने हाईसञ्चो भएको छ । ‘हामीले ६ महिनामा साइट गरिदिनु पर्ने थियो तर त्यो सकिएको छैन,’ आयोजना प्रमुख केसीले भने, ‘सडक क्षेत्रका घर नभत्काई काम गर्न सकिने स्थिति नै छैन ।’ निर्माण कम्पनीलाई दोष दिन नमिल्ने आयोजना बताउँछ ।

उक्त सडक विस्तार आयोजना अन्तर्गत त्रिपुरेश्वर –कलंकी सडक खण्डको ३ दशमलव ३ किलोमिटर लम्बाईको आयोजनाका लागि ३९ करोड ३० लाख रुपैयाँमा बज्रगुरु –विरुवा सीएम जेभीले ठेक्का पाएको छ । त्यस्तै, दोस्रो खण्डको ३ किलोमिटर खण्डका लागि ३१ करोड ४६ लाख रुपैयाँमा शर्मा –शैलुङ –कान्छाराम जेभीले ठेक्का पाएको थियो ।

तेस्रो खण्डको ३ किलोमिटरका लागि लुम्बिनी –शैलुङ सात जेभीले ३४ करोड ७४ लाख रुपैयाँमा ठेक्का पाएको थियो । अन्तिम खण्डको ३ दशमलव १ किलोमिटर सडक खण्डका लागि शर्मा –शैलुङ –कान्छाराम जेभीले ४७ करोड ६५ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

अन्तरिम आदेशको छिनोफानो नभइ काम अघि बढ्न नसक्ने आयोजना बताउँछ ।

५ सय घर भत्काउनुपर्ने
आयोजनाका अनुसार, सडक विस्तारका लागि उक्त खण्डमा ५ सय घर भत्काउनुपर्छ । तर घर भत्काउनका लागि स्थानीयको अवरोध, अदालतको आदेश लगायत अवरोध रहेको आयोजना बताउँछ ।

अहिले सामान्य मर्मत गरेर सवारी आवागमनका लागि काम भइरहेको आयोजना बताउँछ ।

आयोजना अन्तर्गतको पूरै सडकको चौडाई २२ मिटर हुनेछ । त्यसमा दुवै दिशामा २/२ मिटरको फूटपाथ हुनेछ । सडकको बीचमा आकाशे पानी संचयका लागि नाली राखिनेछ । कलंकीदेखि नागढुंगासम्मको खण्डमा सडकको बीचमा झण्डै १ मिठरको डिभाईडर हुनेछ ।

केही समयअघि व्यवस्थापिका संसदको विकास समितिले उक्त सडक विस्तारका लागि अवरोध समाधान गरी विस्तार अघि बढाउन सरोकारवाला निकायका लागि निर्देशन दिएको थियो । सबारी साधनको चाँपका कारण थानकोट, कलंकी त्रिपुरेश्वर खण्डमा दैनिक घण्टौ सम्म सवारी जाम हुने गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x