केजीएफ च्याप्टर–२ ले अहिले देशविदेशका हलहरूमा आगो लगाएको छ ।
फिल्मले हिन्दीलगायत अन्य भाषामा बक्स अफिसमा उत्कृष्ट कमाइ गरेर कीर्तिमान बनाएको छ ।
पहिलो दिनमै यश स्टारर फिल्मले प्रभासको ‘बाहुबली २’ र आमिर खानको ‘ठग्स अफ हिन्दूस्तान’ लगायत धेरै फिल्मको रेकर्ड तोडेको छ ।
यति क्रेज छ कि कम्पनीहरूले पहिले नै स्याटेलाइट र ओटीटी प्रिमियरका लागि विज्ञापन स्लटहरू बुक गर्न थालेका छन् ।
केजीएफ च्याप्टर–१ पहिले नै अमेजन प्राइम भिडियोमा रिलिज भइसकेको छ, अब यसको दोस्रो भाग पनि उही ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ ।
समाचारअनुसार चलचित्र रिलिज भएको ८ हप्तापछि मात्रै ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । तर, मिति भने औपचारिक रुपमा घोषणा गरिएको छैन ।
ओटीटीबाहेक फिल्मको टिभी प्रिमियर गर्ने तयारी पनि भइरहेको छ । निर्माताले फिल्मको स्याटेलाइट अधिकार जीलाई बेचेका छन् ।
समाचार अनुसार केजीएफ च्याप्टर–२ टेलिभिजन प्रिमियर अधिकार १०० करोडमा बिक्री भएको छ । योसँगै ओटीटी प्लेटफर्म अमेजन प्राइमले फिल्म ५५ करोडमा किनेको दाबी पनि भइरहेको छ ।