
रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किएभमा रहेको क्षेप्यास्त्र कारखानामा बिहीवार राति आक्रमण गरिएको जानकारी दिएको छ ।
क्रुज क्षेप्यास्त्र प्रयोग गरी भिजार कारखानामा आक्रमण गरेको रुसको भनाइ छ । किएभमा थप आक्रमण गर्ने चेतावनी पनि रुसले दिएको छ ।
युक्रेनले भिजार कारखानामा नेप्चुन एन्टी शिप मिसाइल बनाएको दाबी गरेको छ । उक्त मिसाइले रुसको युद्धपोत मोस्क्वामाथि कृष्ण सागरमा प्रहार गरेको युक्रेनको दाबी छ ।
त्यस्तै मरिउपोलमा रहेको इलीच स्टील कारखानामा पनि रुसी सैनिकहरूले पूर्ण नियन्त्रण कायम गरेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।
बुधवार युक्रेनको ३६औं मरिन ब्रिगेडका एक हजारभन्दा बढी सैनिकले आत्मसमर्पण गरेको रुसले बताएको थियो ।