२० असार २०८३, शनिबार

काठमाडौंवासीले फोहर वर्गीकरण नगरे ५०० रुपैयाँ जरिवाना

काठमाडौंवासीले फोहर वर्गीकरण नगरे ५०० रुपैयाँ जरिवाना
प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ ।

वर्गीकरण नगरिएका फोहरलाई फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारवाहीस्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवाना समेत गर्ने जनाइएको छ । 

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ  । कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।  

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय वासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैतमा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्