२१ जेठ २०८३, बिहीबार

द कश्मीर फाइल्स सफल भएपछि द दिल्ली फाइल्स बनाउने तयारी

बैशाख २, २०७९
द कश्मीर फाइल्स सफल भएपछि द दिल्ली फाइल्स बनाउने तयारी

कश्मीरी हिन्दूहरूको नरसंहारका विषयमा बनाइएको फिल्म द कश्मीर फाइल्सले व्यापक सफलता पाएपछि निर्देशक विवेक रञ्जन अग्निहोत्रीले नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनले अब द दिल्ली फाइल्स बनाउने भएका हुन् । 

त्यसको टीजर उनले सार्वजनिक गरेका छन् । 

द कश्मीर फाइल्सका निर्माता अभिषेक अग्रवालले यो फिल्मको पनि निर्माण गर्दैछन् । 

टीजरमा फेटा बाँधेको सानो पञ्जाबी बालकको छायाँ देखिएको छ । त्यसैले यस फिल्मले सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि दिल्लीमा सिख समुदायविरुद्ध गरिएको नरसंहारको कथा भन्ने अनुमान गर्न सकिन्छ । 

टीजरमा एक ओंकार सतनाम मन्त्रको उच्चारण गरेको सुनिन्छ । त्यो सिख धर्मावलम्बीहरूको पवित्र मन्त्र हो । त्यसपछि सैनिकहरूले बूट बजारेको ध्वनि सुनिन्छ । अनि गोली चलेको र बच्चा रोएको आवाज पनि सुनिन्छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्