१५ असार २०८३, सोमबार

आगलागीमा परी बालकको मृत्यु

आगलागीमा परी बालकको मृत्यु
प्रतिकात्मक तस्वीर

सप्तरीको बोदे बर्साइन नगरपालिकामा शुक्रवार भएको आगलागीमा १ बालकको जलेर मृत्यु भएको छ । 

बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा शुक्रवार अपराह्न आगलागी हुँदा शत्रुघन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो ।

आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयले बताए । आगलागीलाई १ घण्टाको प्रयासमा स्थानीय वासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्