२८ असार २०८३, आइतबार

गठबन्धन संघको निर्वाचनसम्मै कायम रहन्छ- प्रचण्ड

गठबन्धन संघको निर्वाचनसम्मै कायम रहन्छ- प्रचण्ड
फाइल तस्वीर।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताएका छन् । 

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा मात्रै होइन संघको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन् । 

‘गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ,’ उनले भने । 

साथै उनले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको आरोप लगाएका छन् । 

आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ भएको उनको भनाइ छ । 

‘आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ,’ उनले भने, ‘सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्