१६ असार २०८३, मंगलबार

स्थानीय तह चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

बैशाख ४, २०७९
स्थानीय तह चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९  का  लागि  निर्वाचन  अधिकृत  नियुक्त  गरेको छ ।

आयोगको निर्वाचन कार्यक्रमबमोजिम देशैभरिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई चुनावी प्रयोजनका लागि चैत २९ गतेदेखि लागू हुनेगरी नियुक्तिपत्र दिइएको हो ।

आयोगका   प्रवक्ता   शालिग्राम   शर्मा   पौडेलले भने, “देशभरिका विभिन्न आठ सहरमा  मुख्य  निर्वाचन  अधिकृत  र  निर्वाचन  अधिकृतको  प्रशिक्षणपछि  नियुक्तिपत्र  दिएर  कार्यक्षेत्रमा पठाइएको छ ।”

आयोगले चैत ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसैगरी,  वैशाख  २  गते  जनकपुरधाम,  बुटवल, हेटौँडा र धनगढीमा प्रशिक्षण सम्पन्न गरेको थियो । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्