२२ असार २०८३, सोमबार

तराईमा उखरमाउलो गर्मी

बैशाख ४, २०७९
तराईमा उखरमाउलो गर्मी

अत्यधिक गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ ।

लगातार चर्को घाम लागेर तातो हावा चल्दा तराई मधेसका बासिन्दाले अत्यधिक गर्मी महसुस गरेका छन् । तराई क्षेत्रको अधिकतम तापक्रम पनि दिनहुँ बढिरहेको छ ।

शुक्रबार मध्यान्ह सर्लाहीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको छ । बिहान र साँझको समयबाहेक दिनभर चर्को घाम लागेर तातो हावा बहँदा मानिसलाई घरबाहिर निस्कन समस्या पर्न थालेको छ ।

जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलङ्गवाजस्ता बजारमा मानिसको चहलपहल निकै घटेको छ ।

उखरमाउलो गर्मीमा कुहिरीमण्डल भएर धुलो उड्दा जिल्लाको ग्रामीण भेगका नागरिक झनै बढी प्रभावित भएका छन् । बढ्दो  गर्मीले  स्वास्थ्य  संस्थामा  गर्मीजन्य  रोगका बिरामी बढेका छन् ।

सदरमुकाम मलङ्गवा निवासी डा. गुणेश्वर झाले स्वास्थ्यमा गम्भीर असर पर्ने गरी तातो हावा चलेर अत्यधिक गर्मी भइरहेका कारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले प्रदुषण निकै बढेकाले बालबालिका र वृद्धवृद्धाको अझ बढी ख्याल गर्न आग्रह गरे । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्