२९ असार २०८३, सोमबार

बिना हेलमेट बुलेट चलाउँदा वरुण धवनलाई पर्‍यो भारी, प्रहरीले काट्यो चलान

बैशाख ४, २०७९
बिना हेलमेट बुलेट चलाउँदा वरुण धवनलाई पर्‍यो भारी, प्रहरीले काट्यो चलान

बिना हेलमेट मोटरसाइकल चलाउँदा बलिउड अभिनेता वरुण धवनलाई महँगो परेको छ । उनलाई भारतको कानपुर प्रहरीले कारबाही गरेको छ ।

बिना हेलमेट मोटरसाइकल चलाएको वरुणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुधवार अभिनेता धवनले पी रोडबजारको सडकमा बिना हेलमेट मोटरसाइकल चलाएका थिए । बिहीवार उनले एक चलचित्रमा शुटिङ गरे । शुटिङका क्रममा समेत उनले बिना हेलमेट मोटरसाइकल चलाए । 

शुटिङमा उनले गलत नम्बरको बुलेट चलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्