१३ असार २०८३, शनिबार

हेडक्वार्टरमा माओवादी नेताको यस्तो रिपोर्टिङ

कात्तिक २०, २०७४
हेडक्वार्टरमा माओवादी नेताको यस्तो  रिपोर्टिङ
काठमाडौं, २८ असार- माओवादी केन्द्रका नेताहरूले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् ।maoist meetinfg
कतिपय स्थान जितिनेमा अति विश्वास (ओभर कन्फिडेन्स) का कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरूले जिकिर गरेका छन् । दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालयको विस्तारित बैठकको तयारीका लागि मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा रिपोटिङ गर्दै नेताहरूले त्यस्तो बताएका हुन् ।
बैठकमा १४ असारमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का प्रदेश इन्चार्ज तथा अन्य केही नेताले बोलेका थिए, अन्नपूर्णले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्