२७ जेठ २०८३, बुधबार

अपर सोलु हाइड्रोलाई आईपीओ निकाल्न अनुमति, ३३ लाख कित्ता शेयर निष्कासन गर्ने

अपर सोलु हाइड्रोलाई आईपीओ निकाल्न अनुमति, ३३ लाख कित्ता शेयर निष्कासन गर्ने

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेवोन)ले बुधबार नै यो कम्पनीलाई ३३ करोड ७ हजार ५ सय कित्ता  प्राथमिक शेयर (आईपीओ) निकाल्न अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै यो कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने छ । यसको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । 

धितोपत्र बोर्डले चालू अवको विभिन्न १६ वटा कम्पनीको आईपीओ निष्कासनलाई अनुमति दिइसकेको छ । अनुमति पाएका कम्पनी सबैले आईपीओ जारी गरिसकेका छन् । यी कम्पनीले ४ करोड ३४ लाख कित्ता शेयरको आईपीओ निकालिसकेका छन् । 

बोर्डमा अझै २६ कम्पनीले ५ करोड ८५ लाख कित्ता शेयरको आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यी कम्पनीहरूले आईपीओ निष्कासनको लागि बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । बोर्डबाट स्वीकृत भएपनि यी कम्पनीहरूले आईपीओ आउने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्