२६ असार २०८३, शुक्रबार

काठमाडौं महानगरमा कांग्रेसले गर्‍यो पाँच जनाको नाम सिफारिस, सिर्जना दोस्रो र हरिप्रभा तेस्रो नम्बरमा

काठमाडौं महानगरमा कांग्रेसले गर्‍यो पाँच जनाको नाम सिफारिस, सिर्जना दोस्रो र हरिप्रभा तेस्रो नम्बरमा

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । 

कांग्रेसको नगर समितिले प्राथमिकता क्रमको आधारमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनकोतर्फबाट कांग्रेसले उम्मेदवार उठाउने भएको छ । नगर समितिले पाँच जनाको नाम सिफारिस गरेको भए पनि सिर्जना सिंह उम्मेदवार बन्ने चर्चा छ ।

सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।

काठमाडौंको मेयरमा दावी गरिरहेकी वर्तमान उपमेयर हरिप्रभा खड्गीको नाम तेस्रो नम्बरमा राखेर सिफारिस गरिएको छ । 

कांग्रेसको नगर समितिका उप–सभापति सन्तकुमार महर्जन र सचिव पुरूषोत्तम खकुरेलले प्रदेश समितिमा उम्मेदवार सिफारिस पत्र पठाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्