रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई मरिउपोलको आजोभस्टालमा आक्रमण नगर्न तर कसिलो घेराबन्दी बनाइराख्न आदेश दिएका छन् ।
रक्षामन्त्री सर्गे शोइगुले हजारौं युक्रेनी सैनिकसँग रुसी सेनाले अझै पनि आजोभस्टालमा लडिरहेको स्वीकार गरेपछि पुटिनको आदेश आएको हो ।
आजोभस्टाल स्टील कारखानामा आक्रमण गर्नु अव्यावहारिक भएको भन्दै उनले रुसी सैनिकहरूलाई झिंगा पनि पस्न नसक्ने गरी घेर्न भनेका छन् ।
असंख्य सुरुङ र वर्कशपहरूमा लुकेर बसेका युक्रेनी सैनिकहरूलाई हराउन रुसीहरूलाई लामै समय लाग्ने देखिएको छ ।
उता चेचेन्या नेता रमजान कादरोभले केही दिनभित्रै पूरा मरिउपोल आफूहरूको कब्जामा हुने बताएका छन् ।