
युक्रेनको मरिउपोलमा रहेको आजोभस्टालबाट पक्राउ परेका एक युक्रेनी सैनिकले त्यहाँको वास्तविकता बताएका छन् ।
चेचेन गणतन्त्रका प्रमुख रमजान कादीरोभका सल्लाहकार एडम डेलिमखानोभको कमान्डमा रहेका सैनिकहरूले ती युक्रेनी सैनिकलाई पक्राउ गरेका थिए ।
पक्राउ परेका युक्रेनी सैनिकका अनुसार, युक्रेनी सैनिकहरू चरम निराश छन् । धेरैजना आत्मसमर्पण गर्न चाहन्छन् । तर उनीहरू आफ्ना कमान्डरदेखि डराइरहेका छन् ।