रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनीहरूप्रति दया गर्न बेलायतलाई आग्रह गरेकी छन् ।
त्यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले मरिउपोलमा आत्मसमर्पण गरेका बेलायती सैनिकहरूमाथि दया गर्न मस्कोलाई आग्रह गरेका थिए ।
‘जोनसनले भनेको जस्तो दया युक्रेनीहरूप्रति देखाउन हामी बेलायती अधिकारीहरूलाई आह्वान गर्छौं । किएभलाई हतियार आपूर्ति नगरी सर्वसाधारण युक्रेनीहरूप्रति दया बेलायतले देखाउनुपर्छ,’ जाखारोभाले बताइन् ।
लन्डनले युक्रेनलाई जति हतियार पठाउँछ, त्यति धेरै युक्रेनीहरूको मृत्यु हुन्छ, उनले भनिन् ।