२७ जेठ २०८३, बुधबार

हार्ड रक क्याफे काठमाडौंमा स्वीट नाइटमेर

हार्ड रक क्याफे काठमाडौंमा स्वीट नाइटमेर

नेपाली सङ्गीतप्रेमीहरूको लागि हार्ड रक क्याफे काठमाडौंले स्वीट नाइटमेर नामक एक उच्च उर्जा सिल ब्यान्डको प्रस्तुती लिएर आउने भएको छ । 

अप्रिल १२,२०२२ देखि जुन ९, २०२२ सम्म साप्ताहिक रूपमा  हरेक मङ्गलवारदेखि आइतवार साँझ ८ बजेपछि प्रतिभाशाली बहु– बाध्यबाजन बजाउने संगीतकर्मीहरुको समुह  ‘स्वीट नाइटमेर’ ले हार्ड रक क्याफे काठमाडौंमा प्रस्तुती दिने भएका हुन् । 

ब्यान्डको लाइनअपमा पुरुष गायक तर्फ स्टेरी क्रिस्टोफोरस पालित, महिला गायक तर्फ डिन लिलियन वेरीशा युलियाना, बेसिस्ट एको सहबुद्दीन, गितारमा आदि नुरवेन्डा र ड्रममा  जोय येहेजकिएल सिमांगुनसोङ जस्ता बहुप्रतिभाशाली रक संगीतकर्मीहरु छन् ।

स्वीट नाइटमेरले यस भन्दा अगाडी हार्ड रक क्याफे जकार्ता, हार्ड रक क्याफे हङकङ, हार्ड रक क्याफे हो ची मिन्ह सिटी भियतनाम, हार्ड रक होटल माल्दिभ्स, हार्ड रक होटल शेन्जेन चाइना, हार्ड रक होटल मकाउ र  जे दब्ल’ मरिओत्त, होटल क्वालालम्पुर र साङ्ग्रि–ला पेनाङ मलेशिया जस्ता ५–तारे होटेलहरूमा आफ्नो हिट प्रस्तुती दिइसकेका छन् ।

विश्वका ६८ देशका २५३ शहरहरुमा आफ्नो सन्जाल रहेको हार्ड रक क्याफे विश्वव्यापी रुपमा एक प्रतिष्ठित कम्पनी हो । २८ अक्टोबर २०२१ देखि काठमाडौँमा सन्चालन हुँदै आएको हार्ड रक क्याफेले सन् २०२० मा हार्ड रक डिजिटल बिगलअज गर्‍यो, जुन एउटा  अनलाईन स्पोर्ट्स बुक, रिटेल बुक र ईन्टरनेट गेमिङ प्लाटफर्म हो  ।

salt training

कमेन्ट गर्नुहोस्