
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
बिहीबार देशभरका ७५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्पन्न गर्न अन्तिम चरणमा पुग्यौँ ।”
निर्वाचन नहुने शङ्कालाई वैशाख ३० गतेसम्मका लागि बिर्सिन आग्रह गर्दै उनले अब निर्वाचन आयोगले मतदान, मतगणना र मतपरिणाम सार्वजनिक गरी प्रमाणपत्र वितरण गरेपछि मात्रै बिसाउने प्रस्ट्याए । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।