
नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
शुक्रवार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
स्थानीय तहको टिकट वितरणमा नेपाली कांग्रेसले पुरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता देखाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।
उनले पार्टीमा दिएको राजीनामा स्वीकृत नहुँदै यादव जसपा प्रवेश गरेका हुन् ।
जसपा प्रवेशसँगै उनी अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिए ।