२९ जेठ २०८३, शुक्रबार

कांग्रेसमा विद्रोह : जनकपुर उपमहानगर सभापतिसहित वडा सभापतिहरूले सामूहिक पार्टी परित्याग गर्दै

कांग्रेसमा विद्रोह : जनकपुर उपमहानगर सभापतिसहित वडा सभापतिहरूले सामूहिक पार्टी परित्याग गर्दै

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् ।

जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बनेका साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

साहले आज पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस परित्याग गर्ने तयारी भएको बताएका छन् ।

'नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घण्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुने समेत भनेका थियौं,' साहले लोकान्तरसँग भने ,'तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गर्दैछौं ।'

स्वतन्त्र भएर उम्मेदवारी दिने उनले खुलाए । उनीसँगै वडा सभापतिहरूले पनि राजीनामा दिने तयारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्