३२ असार २०८३, बिहीबार

वैद्य-विप्लवलाई प्रचण्डले गरे एकतामा आउन आह्वान

वैद्य-विप्लवलाई प्रचण्डले गरे एकतामा आउन आह्वान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । 

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरूलाई एकताबद्ध हुन आव्हान गरेका हुन् । 

उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताए । 

अध्यक्ष दाहालले विगतमा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउनका लागि नेकपा(एमाले)सँग एकीकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताए । 

‘सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरू, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो । हुनुहुन्छ अहिले पनि । कम्युनिष्टहरूको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ, भनिराख्नु भएको छ अहिले पनि उहाँहरुलाई गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ उनले भने, ‘आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरू सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुछ ।’

प्रचण्डका सहयात्री मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव छुट्टाछुट्टै पार्टीमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्