
नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशका दुई उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार सिफारिस गरेको छ ।
बुटवल उपमहानगरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरमा जोगबहादुर रानालाई सिफारिस गरेको हो । यी दुई उपमहानगरपालिका नेकपा (एस)ले उपमेयर पाउने सत्तारुढ गठबन्धन दलमा सहमति भएको छ ।
बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए ।
तुलसीपुरको उपमेयरमा सिफारिस राना नेकपा एसको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको छ ।