१३ असार २०८३, शनिबार

कतै तपाईं पनि खाना खाएपछि यी गल्तीहरू त गर्नु हुन्न ?

कात्तिक २०, २०७४
कतै तपाईं पनि खाना खाएपछि यी गल्तीहरू त गर्नु हुन्न ?

केही मानिस खाना खानेबित्तिकै आफ्नो पुरानो बानीको शिकार भएर स्वास्थ्यलाई हानि गर्ने कुरा गर्न थाल्छन् । तपाईंले जतिसुकै राम्रो र पौष्टिक खाना खाएपनि ठीकसँग शरीरले लिएन भने केही फाइदा पुग्दैन । त्यसैले खाना खाएपछि यहाँ बताइएका गल्तीहरू नगर्नुहोला ।


धूम्रपान

हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस् । यसो गर्दा आन्द्रा र फोक्सोको क्यान्सर हुन्छ ।

फल खाने
खाना खाएलगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अड्किन्छ र आन्द्रामा पुग्न पाउँदैन । यसले गर्दा स्वास्थ्य बिग्रन्छ र पेटमा खाना कुहिन्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ ।

चिया कफी
अधिक चिया पिउँदा स्वास्थ्यमा असर पर्छ तैपनि खाना खानेबित्तिकै त चिया पटक्कै नपिउनुस् किनकि चियापत्तिमा धेरै अम्ल हुन्छ । यसले भोजनमा भएको प्रोटीनलाई हानि गर्छ र खाना पच्न मुश्किल हुन्छ । खाना खाएको एक घन्टापछि मात्र चिया पिउनुहोला ।

नुहाउने
खाना खानेबित्तिकै नुहाउन नजानुस् । यसरी तुरन्तै नुहाउँदा शरीरमा रगतको प्रवाह बढ्छ । अनि पेटको चारैतर्फ रगतको मात्रा कम हुन्छ । यसबाट पाचन प्रणाली कमजोर हुन्छ ।

हिँडडुल
हिँड्नु त स्वास्थ्यका लागि लाभदायक हुन्छ तर खाना खानेबित्तिकै वाक गर्न जानु गलत हो । यसले अपच गराउन सक्छ । खाना खाएको आधा घन्टापछि टहल्न थाल्नुस् । यसो गर्दा पेटमा एसिड जम्न पाउँदैन ।

सुत्ने
खाना खानेबित्तिकै सुत्ने मानिसले खाना पचाउन सक्दैनन् । यसकारण उनीहरूलाई ग्यासको समस्या हुन्छ र आन्द्रामा संक्रमण हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्