०८ असार २०८३, सोमबार

संशोधनलाई असफल पार्न राप्रपाका १७ सांसदको गोप्य भेला

कात्तिक २०, २०७४
संशोधनलाई असफल पार्न राप्रपाका १७ सांसदको गोप्य भेला

काठमाडौं, २८ असार — राप्रपाका १७ जना सांसद ललितपुरको एउटा गोप्य स्थानमा भेला बसिरहेका छन् ।

प्रकाशचन्द्र लोहोनीको साथ पाएका उनीहरु पार्टी अध्यक्ष कमल थापालाई फ्लप बनाउनको लागि भेलामा जुटेका हुन् । थापासँग लामो समयदेखि असन्तुष्ट रहेका सांसदहरु आज गोप्य भेला गरेका हुन् ।

संसदमा विचाराधिन रहेको संविधान संशोधन विधयक पास गराउन राप्रपा अध्यक्ष कमल थापाले ग्रीन सिग्नल दिएपछि राप्रपा भित्रका असन्तुष्ट सांसदहरु जम्मा भएका हुन् ।

उनीहरु कुनैपनि हालतमा राप्रपा अध्यक्ष थापालाई असफल बनाउन लागिपरेको बुझिएको छ । अहिले राप्रपाले संविधान संशोधन विधयक पास गराउनको लागि सत्ताको बार्गेनिङ गरिरहेको छ । असन्तुष्ट नेताहरूले संसदीय दलको नेतामा कमल थापालार्इ हटाउने विषयमासमेत छलफल गरिरहेका छन् । 

कमल थापालाइ संसदीय दलवाट हटाएर दिपक बोहरालाई संसदीय दलतको नेता बनाउने असन्तुष्ट समूहको योजना रहेको छ । उनीहरुले कमल थापालाई सरकारमा जानबाट रोक्ने योजना बनाएका छन् भने संसदीय दलमा आफूहरुको ४० प्रतिशत समर्थन रहेको भन्दै केन्द्रीय सदस्यहरुलाई पनि आफ्नो पक्षमा ल्याउने गरि छलफल अघि बढाइएको एक सदस्यले जानकारी दिए । 

आफूले खोजेजस्ता मन्त्रालय पाएमा राप्रपाले संबिधान संशोधन विधयकलाई सघाउने बुझिएको छ ।

रामकुमार सुब्बाको नेतृत्वमा राप्रपाका सांसदहरुको बैठक बसेको हो । उनीहरुलाई राप्रपाबाट निस्किएका नेता प्रकाशचन्द्र लोहोनीको समेत साथ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्