
मधेश प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजीत यादवले मन्त्री यादवले सांसद पदबाटै राजीनामा दिएको जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य रहेका उनले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिएका हुन् ।