०९ असार २०८३, मंगलबार

गर्मीमा यसरी बनाउनुस् चिसो खरबुजा ड्रिंक

कात्तिक २०, २०७४
गर्मीमा यसरी बनाउनुस् चिसो खरबुजा ड्रिंक

गर्मी अहिले चरममा छ । पानी पर्न थालेकाले अलिअलि शीतल त भएको छ तर घाम लागेको बेलामा गर्मी भइहाल्छ । मानिसहरूले कागतीपानी वा शर्बत खुबै पिउँछन् तर सधैं एउटैखाले कुरा पिउँदा बोर लाग्न सक्छ । यहाँ हामीहरू तपाईंलाई नयाँ पेय पदार्थ बनाउने तरिका सिकाउँदैछौं ।


सामग्री

तीन चौथाइ कप चिनी
आधी कप पानी
एक चौथाइ कप अदुवा
एउटा खरबुजा (काटिएको)
तीन चौथाइ कप कागती पानी
चार कप चिसो सोडा
बरफ
पुदिनाको पात (गार्निशका लागि)

विधि
एक भाँडोमा चिनी, कागतीपानी र अदुवाको रस मिसाउनुस् । यसलाई मज्जाले मिसाउनुस् ।

अब ब्लेन्डर मशिनमा खरबुजालाई ब्लेन्ड गर्नुस् र बरफ हाल्नुस् ।

यी दुवैलाई मिसाउनुस् र माथिबाट पुदिनाको पातले गार्निश गर्नुस् ।

अब खरबुजाको पेय पदार्थ तयार भयो । पिउनुस् अनि रमाउनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्