१३ असार २०८३, शनिबार

बीपी चोकबाट भन्सार छलेको चिनी बरामद

बैशाख १०, २०७९
बीपी चोकबाट भन्सार छलेको चिनी बरामद
प्रतिकात्मक तस्वीर

भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । 

सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको चिनीसहित ४ बोरा सुर्तीसमेत बरामद गरिएको छ ।

प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्