
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसँग सम्बन्धित विषयमा शनिवार पत्रकार सम्मेलन गर्दैछ ।
अपरान्ह साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचनका बारेमा जानकारी दिने भएको हो ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलि र पर्सि (वैशाख ११ र १२) ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।