
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाका लागि उम्मेदवार टुंग्याएको छ ।
मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रिताकुमारी मिश्रको नाम टुंगो लगाइएको हो ।
चौधरी लोसपाका जनकपुरधाम सभापति हुन् भने मिश्र यसअघिकी उपमेयर हुन् । उनले पुनः उपमेयरको उम्मेदवार हुन राजीनामा दिएकी थिइन् ।