०१ साउन २०८३, शुक्रबार

ओभरटेक गर्ने क्रममा ठोक्किए २ मोटरसाइकल, ३ जनाको घटनास्थलमै मृत्यु

बैशाख १०, २०७९
ओभरटेक गर्ने क्रममा ठोक्किए २ मोटरसाइकल, ३ जनाको घटनास्थलमै मृत्यु

जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ का तीन युवकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटना भएको हो ।  दुर्घटनामा ३० वर्षीय पप्पु यादव, २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२०४१प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्