२४ असार २०८३, बुधबार

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

बैशाख १०, २०७९
जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रु सवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो।  कोस्ट गार्डद्वारा लगभग  १६.१५ जीएटीमा सङ्कट देखिएको सङ्केत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्धारकर्ताहरूले जहाज पत्ता लगाउन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्