०१ साउन २०८३, शुक्रबार

निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

बैशाख ११, २०७९
निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

गृह  मन्त्रालयले निर्वाचन  आचारसंहिता  कडाइका  साथ  कार्यान्वयन  गर्न  निर्देशन  दिएको छ ।

आचार   संहिता   विपरीतका   गतिविधिमा   संलग्नहरूलाई  कानुनी कारबाही  हुने  चेतावनीसमेत मन्त्रालयले  दिएको  छ ।

स्थानीय  तह  निर्वाचनका  लागि  निर्वाचन  आयोगले    गत  चैत  २५  गते  बाट  लागू  हुने    गरी  आचारसंहिता  जारी  गरिसकेको   छ  ।

मतदातादेखि उम्मेदवारसम्म,  कार्यकर्तादेखि  नेतासम्म  सबै लाई आचार संहिता विपरीतका गतिविधि सञ्चालन नगर्न र  नगराउन निर्देशन दिएको  छ ।

गृह  मन्त्रालयका  प्रवक्ता  एवं  सहसचिव  फणीन्द्रमणि पोखरेलले  प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न प्रहरी कार्यालय र  ७७ वटै जिल्ला  प्रशासन  कार्यालयमा  पत्राचार गरी  निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको  बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्