
पूर्वमन्त्री एवम् सांसद डिम्पल झाको निधन भएको छ।
दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान निधन भएको हो ।
उनको काठमाडौंको रानीबारीस्थित घरमा निधन भएको हो।
डाक्टर झा दोस्रो संविधानसभाको सदस्य, हाल प्रदेश सभा सदस्य र तीन वर्ष मधेश प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएकी थिइन्।
उनका पति पूर्वमन्त्री अनिल झा हुन् भने उनका एक छोरा रहेका छन् ।