०७ साउन २०८३, बिहीबार

अन्ततः झुक्यो ईयू, रुससँग ग्यास किन्न रुबलमै कारोबार गर्ने

बैशाख ११, २०७९
अन्ततः झुक्यो ईयू, रुससँग ग्यास किन्न रुबलमै कारोबार गर्ने

युक्रेनमाथि रुसले आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध लगाएकोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसको बदला लिएका छन् । 

गत अप्रिल १ मा पुटिनले मस्कोमागि अवैध प्रतिबन्ध लगाउने मुलुकहरूलाई रुसी ग्यास रुबलमा किन्न बाध्य बनाउने आदेशमा हस्ताक्षर गरेका थिए । 

पुटिनको यो निर्णयको युरोपेली मुलुकहरूले विरोध गरेको भए पनि अहिले आएर त्यसलाई मानेका छन् । 

युरोपेली आयोगका नयाँ प्रस्तावअनुसार, कम्पनीहरूले रुसमा रहेको बैंक खातामा युरो वा डलर भुक्तानी गर्न सक्छन् र त्यहाँ ती मुद्रालाई रुबलमा कन्भर्ट गरिनेछ । रुसी बैंकमा मुद्रा दाखिला भएपछि मात्र भुक्तानी पूरा भएको मानिनेछ । 

त्यसअघि बेलायतले ग्यास किन्नका लागि रुसको गाजप्रोमबैंकमा रकम दाखिला गर्न छुट दिएको थियो । मे ३१ सम्म यस्तो छुट उपलब्ध रहनेछ । 

अमेरिकाको आदेशमा युरोपले रुसमाथि प्रतिबन्ध लगाएको भए पनि ईयूले रुबलमा ग्यासको रकम भुक्तानी गर्ने निर्णय लिएको हो । यसबाट प्रतिबन्ध उल्लंघन गरेको नठहर्ने युरोपेली आयोगको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्