

विश्वमै पहिलोपटक एक यस्तो ‘ह्यान्ड्स फ्री’ टूथ ब्रस आएको छ, जसले दाँत सफा गर्न मात्र १० सेकेण्ड लाग्छ ।
यो ब्रस बनाउने कम्पनीको दावी छ कि यो टूथ ब्रस प्रयोग गरेर तपाईले आफ्नो जिन्दगीको १०८ दिन बचत गर्न सक्नुहुन्छ । कम्पनीले यो ब्रसको नाम ‘एमाब्रस’ राखेको छ ।
कम्पनीका अनुसार ऐमाब्रसको प्रयोगबाट तपाईलाई दाँत घोट्ने, कुल्ला गर्ने र फ्लस गर्ने प्रक्रियाबाट छुटकरा मिल्ने छ । तपाईले मात्र एक बटन दबाउनुपर्ने, मात्र १० सकेन्डको प्रतिक्षा पछि तपाईलाई सेता र चमकदार दाँत मिल्ने छन् ।
आकारका हिसावले यो एक ब्रिसल्जवाला माउथ गार्ड जस्तो देखिन्छ । यसका तीन हिस्सा छन्, एक सिलिकनको माउथपीस, एक ह्यान्डपीस र टूथपेस्ट क्याप्सुल्स । ब्रस गर्ने समय यी तीनवटैलाई एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ ।