११ साउन २०८३, सोमबार

रुसमाथि प्रतिबन्ध लगाएपछि आम युरोपेलीहरूलाई यस्तो समस्या

बैशाख ११, २०७९
रुसमाथि प्रतिबन्ध लगाएपछि आम युरोपेलीहरूलाई यस्तो समस्या

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघले रुसमाथि प्रतिबन्ध लगाएको छ । 

त्यस प्रतिबन्धले युरोपका सम्भ्रान्तलाई नभई सामान्य मानिसलाई असर पर्न थालेको छ । रुसी ग्यास कम उपभोग होस् भनी सरकारहरूले नागरिकलाई विभिन्न सुविधा कटौती गर्न आग्रह गरेका छन् । 

ईयूले मानिसहरूलाई घर न्यानो बनाउने हीटिङ सिस्टम बन्द गर्न, कारको गति घटाउन र मोसन सेन्सर बत्तीहरू प्रयोग गर्न आग्रह गरेको छ । 

जर्मनीमा रुसी ग्यासप्रतिको निर्भरता घटाउनका लागि लुगा कमै मात्र धुन भनिएको छ । 

फ्रान्समा स्थानीय निवासीहरूलाई अपार्टमेन्टको तापक्रम घटाउन र एयर कनिडस्नर तथा बत्ती कम प्रयोग गर्न आह्वान गरिएको छ ।  

इटलीमा तापक्रम उपयोगमा विभिन्न कडाइ गरिएको छ । गर्मीमा २५ डिग्री सेल्सियसभन्दा कम गर्न नहुने तथा जाडोमा १९ डिग्री सेल्सियसभन्दा बढी गर्न नहुने उदीए जारी गरिएको छ । 

आयरल्यान्डमा इन्धन जोगाउनका लागि गाडीचालकहरूलाई कम गतिमा नहाँक्न, भारी लोड नबोक्न, गाडीको एसी नखोल्न भनिएको छ । सकेसम्म हिँडेर काम चलाउन भनिएको छ । 

लिथुएनियामा नागरिकहरूलाई पानी कम उमाल्न, कोठाको तापक्रम १६ डिग्रीमा झार्न र सानो आवाजमा संगीत सुन्न भनिएको छ । 

इस्टोनियामा राति कपडा धुन र घरलाई इन्सुलेट गर्न भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्