१० साउन २०८३, आइतबार

राप्रपाबाट उम्मेदवारी दिएकी स्वर्णिमाले भनिन्- बाँधिएका युवा हात फुकाउन अघि बढेँ

बैशाख ११, २०७९
राप्रपाबाट उम्मेदवारी दिएकी स्वर्णिमाले भनिन्- बाँधिएका युवा हात फुकाउन अघि बढेँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी स्वर्णिमा शाक्य २७ वर्षकी भइन् । उनी आर्किटेक्ट पनि हुन् । 

प्राविधिक फिल्डकी उनी राजनीतिमा किन आइन् त ? जवाफमा उनी भन्छिन्, ‘संस्कृति र विकासलाई सँगसँगै लैजान ।’

उनलाई लाग्छ युवाहरूको हात बाँधिएको छ । त्यही बाँधिएका हात फुकाउन आफूले उपप्रमुखमा उम्मेदवारी दिएको उनी बताउँछिन् । 

‘धेरै युवा यहाँ बस्ने वातावरण नहुँदा बाहिरी देश जान बाध्य छन्,’ उनले भनिन्, ‘हामी यहीँ बसेकाहरूले हामीजस्ता युवालाई विदेश पलायन हुन नदिन भूमिका खेल्नुपर्छ ।’ 

यस्तै उनले ललितपुरमा फोहोरको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, विद्यालय, अस्पताल, रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता गरिन् । 

‘मैले राजनीतिभन्दा पनि पार्टीमा टेक्निकल ब्याकग्राउन्ड दिन खोजेकी हुँ,’ उनले भने, ‘ललितपुर पहिलेभन्दा राम्रो नै छ, तर, अझै राम्रो बनाउन मैले उम्मेदवारी दिएकी हुँ ।’

salt training

कमेन्ट गर्नुहोस्