०९ असार २०८३, मंगलबार

धनगढीको मेयरका लागि हमालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

बैशाख ११, २०७९
धनगढीको मेयरका लागि हमालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नाराका साथ सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा आइतवार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता गराउन हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । फागुन १९ गते नै  उनी धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए । 

मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरुले गरेका हुन् । गठबन्धन समाज बनाउनका लागि होइन । बाँडीचुँडी खानका लागि हो । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो । धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ ।’

मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन् ।

उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन् । ०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए । उनी काँग्रेसका नृपबहादुर वडसंग २ हजार ७ सय मतले पराजित भएका थिए । 

यसैबीच धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षको लागि सिद्धराज पनेरु, वडा नम्बर ५ को वडाध्यक्षको लागि पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ कोवडाध्यक्षको लागि यम लामिछाने र वडा नम्बर १५ को वडाध्यक्षको लागि कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्