१४ असार २०८३, आइतबार

थ्रेडिङ गर्दै हुनुन्छ ? ख्याल गर्नुस्

कात्तिक २०, २०७४
थ्रेडिङ गर्दै हुनुन्छ ? ख्याल गर्नुस्

अनुहार सुन्दर र आकर्षक बनाउन हरेक महिला आँखीभौँ मिलाउन थ्रेडिङ गरिरहेका हुन्छन् । महिनादिनमा दुईपटकसम्म ब्युटिपार्लर गएर या घरमै पनि थ्रेडिङ गर्न सकिन्छ । धागोको सहायताले रौँ उखेल्ने भएकाले थ्रेडिङमा केही तलबितल भयो भने वरपरको छालामा समस्या निम्तिन्छ । थ्रेडिङका वेला कतिपय कुरामा ध्यान नदिँदा घाउ हुने गर्छ । कतिपयलाई डन्डिफोर नै आउने गर्छ । त्यसैले थ्रेडिङ गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा ब्युटिसियन सजोला क्षेत्रीले जानकारी दिएकी छिन् :

थ्रेडिङ गर्ने वेला आँखीभौँ बलियोसँग तान्नुपर्छ । यो कुरामा विचार गर्नुहोस् कि, रौँ उखेलिने वेला बढी खलबलिन नपाओस् । रौँ एक झड्कामै उखेलिनुपर्छ । रौँ खलबलिँदा छालामा घाउ बन्छ र घाउमा ब्याक्टेरियल इन्फेक्सन भएर ठूलो समस्या निम्तिन सक्छ । यहीँबाट डन्डिफोर पैदा भएर झन् तनाव हुन सक्छ ।

थ्रेडिङ गर्नुअघि आँखीभौँमा बेबी पाउडर लगाउनु राम्रो हुन्छ । बेबी पाउडरले आँखीभौँ आसपास रहेको छालाको चिल्लोपना सोस्छ । यसो गर्दा थे्रेडिङका वेला हुने दुखाइ कम हुन्छ । बेबी पाउडर लगाएपछि रौँ टुक्रिने तथा घाउ बन्ने खतरा पनि रहँदैन ।

थ्रेडिङ गरेपछि छालामा तत्काल फोहोर हातले नछुनु नै राम्रो हुन्छ । थ्रेडिङका वेला रौँ उखेलिएको छालाको छिद्र खुलेको हुन्छ । फोहोर हात त्यहाँ लगाउँदा छिद्रमा ब्याक्टेरिया प्रवेश गर्ने र इन्फेक्सन हुने खतरा रहन्छ ।

थ्रेडिङपछि निरन्तर पसिना आइरह्यो भने कटन, सफा कपडा या पेपरले पुछ्नुपर्छ । कपडा या पेपरले टच गरेर हल्कासँग पसिना सोसाउनुपर्छ । राैँ उखेल्दा खुलेको छिद्रमा पसिना पर्यो् भने त्यहीँ डन्डिफोर पैदा हुन सक्छ ।

थ्रेडिङपछि अनुहारको मोस्चराइज गर्नुपर्छ । मोस्चराइज गर्दा नेचुरल क्रिम प्रयोग गर्नुपर्छ । नेचुरल क्रिममा सेन्थेटिक आयल हुँदैन । एलोबेरा सबैभन्दा राम्रो हुन्छ, जसले थ्रेडिङ गर्दाको पीडा पनि कम गर्छ ।

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्