
युक्रेनमा युद्ध लड्न आएका भाडाका अमेरिकी सैनिकहरूले गोलीगट्ठा र खानाका लागि इन्स्टाग्राममा पोस्ट लेखेर पैसा मागेका छन् ।
युक्रेनी अधिकारीहरूले आफूलाई अलपत्र पारेर छोडिदिएको भाडाका सैनिकहरूको गुनासो छ ।
‘यहाँ केही कुरा मिलेको छैन, सबै अलपत्र छ,’ पोस्टमा लेखिएको छ ।
आफ्नो खाना र इन्धनको पैसा आफैं तिर्नुपरेको अमेरिकीहरूले बताएका छन् । कारदेखि लिएर तातो लुगासम्म केही पनि नभएको बताउँदै उनीहरूले सब्सक्राइबरहरूलाई बाँच्नका लागि पैसा पठाउन भनेका छन् ।
उक्त पोस्टको कमेन्टमा प्रयोगकर्ताहरूले भाडाका सैनिकलाई जीवन बचाउनका लागि घर फर्किन सल्लाह दिएका छन् ।