२५ असार २०८३, बिहीबार

युट्युब सेन्सेसन ढिंचक पूजाका बारेमा सुन्नुभएको छ ? उनका भिडियो डिलिट भए नि !

कात्तिक २०, २०७४
युट्युब सेन्सेसन ढिंचक पूजाका बारेमा सुन्नुभएको छ ? उनका भिडियो डिलिट भए नि !

काठमाडौं, २८ असार — युट्युबमा तहल्का मच्चाएकी बेसुरी भारतीय गायिका ढिंचक पूजाका बारेमा सुन्नुभएको छ ? आफ्ना बेतुकका लिरिक अनि बेसुरा आवाजमा गीत गाएर युट्युबमा हिट भएकी ढिंचक पूजाका युट्युब भिडियोहरू डिलिट भएका छन् ।


उनको एक गीत ‘दिलों का शूटर, मेरा स्कूटर’ मात्र युट्युबमा सुरक्षित छ ।

ढिंचक पूजाको पहिलो गीत ‘सेल्फी मैंने ले ली’ भाइरल भएको भएको थियो । त्यसपछि उनले एकपछि अर्को रद्दी गीतहरू गाउँदै युट्युबमा राख्ने गरेकी छन् ।

तर अहिले कुनै कटप्पा सिंह नामक व्यक्तिले ढिंचकका गीतको भिडियो डिलिट गराइदिएको छ । पूजाका गीतमा आफ्नो कपीराइट रहेको दाबी गर्दै कटप्पाले युट्युबलाई नोटिस पठाएपछि युट्युबले नै पूजाका भिडियोहरू डिलिट गरिदिएको बुझिएको छ ।

केही समाचारहरूमा चाहिँ पूजाको युट्युब च्यानल कसैले ह्याक गरिदिएको र भिडियो उडाइदिएको लेखिएको छ । कसैले चाहिँ यो पूजाको कुनै स्टन्ट हो भनिरहेका छन् ।

अर्काथरी चाहिँ पूजाको रद्दी गीतबाट मुक्ति पाइएको भन्दै खुशियाली मनाइरहेका छन् । ढिंचक पूजालाई मजाकमा उडाउनेहरूको संख्या ठूलो छ ।

अमेरिकी गायिका रेबेका ब्ल्याकले पनि रद्दी स्वरमा गाएका गीतहरू यसैगरी युट्युबमा राखेर हिट भएको र ढिंचक पूजाले उनको अनुकरण गरेको समेत केही अनलाइन न्युज पोर्टलले लेखेका छन् ।

ढिंचक पूजाको एउटा भिडियो हेरौं :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्