१५ असार २०८३, सोमबार

राजनीतिमा नैतिकता हरायो भन्दै रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

बैशाख ११, २०७९
राजनीतिमा नैतिकता हरायो भन्दै रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

विराटनगर–६ का ध्रुवकुमार विश्वकर्मा बिहान–बेलुकाको छाक टार्न सिटीरिक्सा चलाउने गर्छन् । तर, राजनीतिमा नैतिकता हराएकोमा भने उनलाई चिन्ता छ । 

यही चिन्ताका बीच आइतवार उनले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ‘अहिलेका जनप्रतिनिधिको व्यवहारबाट जनता दिक्क भइसके,’ मनोनयन दर्तापछि उनले भने, ‘जनताका काम कसरी गर्नुपर्छ भन्ने सिकाउन उम्मेदवारी दिएको हुँ ।’

घुस नभई कसैले काम नगर्ने उनी बताउँछन् । ‘लोकतन्त्र भन्छन् खाली छाडातन्त्र मात्र हुन्छ,’ उनी भन्छन्, ‘हामीजस्ता पहुँच नहुनेले एउटा काम गर्न पाँच दिनसम्म कार्यालयमा जानुपर्छ ।’

दुःखी र गरीबको सेवा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । 

विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि सरसल्लाह गरेर उम्मेदवारी दिन भनेपछि वडाध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् । 

पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा सक्रिय भएर लागेका थिए । विश्वकर्मा २०७१ देखि भने सवारीसाधन चलाउने गरेका थिए । आफैं लागेका पार्टीका नेताहरूको व्यवहार देखेर दिक्क लागेको उनी बताउँछन् । त्यसपछि स्वतन्त्र भएर बसेको उनको भनाइ छ । 

उनी वन विभागमा १२ वर्ष जागिर गरेका थिए । ‘रिटायर्ड’ भएपछि उनी पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार राम्रो नलागेको उनी बताउँछन् । 

‘बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन्, आफ्नै फाइदा हेर्ने रहेछन्,’ उनी भन्छन्, ‘त्यसलाई अब चिर्नुछ ।’

salt training

कमेन्ट गर्नुहोस्