०८ साउन २०८३, शुक्रबार

धादिङमा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु

बैशाख ११, २०७९
धादिङमा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु

धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  आइतबार काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

दुर्घटनामा मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका ३५ वर्षीय दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेका छन् । 

यस्तै दुर्घटनामा एक  जना घाइते भएका छन् । घाइते धादिङको निलकण्ठ ११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्