१६ असार २०८३, मंगलबार

६ लाख भूकम्पपीडितले ५० हजार पाए, घर बनाउनेको संख्या १ लाख मात्रै

कात्तिक २०, २०७४
६ लाख भूकम्पपीडितले ५० हजार पाए, घर बनाउनेको संख्या १ लाख मात्रै

काठमाडौं, २७ असार– विनाशकारी भूकम्पका कारण निजी आवास गुमाएका ३१ जिल्लाका ७ लाख ४६ हजार भूकम्पपीडित मध्ये अहिलेसम्म ५ लाख ९२ हजार ९ सय ६१ ले घर निर्माणका लागि सरकारबाट पहिलो किस्ताको अनुदान वापत ५० हजार रुपैयाँ पाएका छन् ।

सरकारले अहिलेसम्म ६ लाख २८ हजार ४ सय ४३ भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएका मध्ये ३५ हजार ४ सय ८२ पीडित झै पनि पहिलो किस्ता वापतको ५० हजार रुपैयाँको पर्खाइमा छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ५० हजार पाएर आवास निर्माण थाल्ने भूकम्पपीडितको संख्या १ लाख १० हजार ६ सय ४९ छ । पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएर पनि ४ लाख ८२ हजार ३ सय १२ पीडित परिवारले घरको जगसमेत हालेका छैनन् ।

पहिलो किस्ता पाएकामध्ये ७७ हजार १ सय ८० परिवारले घरको जग हालेर दोस्रो किस्ताको लागि आवेदन दिएका छन् । जसमध्ये ६४ हजार ३ सय २१ आवेदन प्रमाणिकरण भइसकेका जनाइएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ३८ हजार ७ सय २४ वटा घरहरु निर्माण भएका छन् । यस्तै ४८ हजार २१ परिवारले दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैयाँ बुझिसकेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार ३१ जिल्लाका २ हजार २ सय ३४ पीडित परिवारले तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ पनि बुझिसकेका छन् ।

भूकम्पमा निजी आवास गुमाएका पीडितलाई नयाँ घर बनाउन सरकारले तीन किस्तामा गरी तीन लाख रुपैयाँ उपलब्ध गराउने छ । जसअन्तर्गत पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ उपलब्ध गराइने छ ।

salt training

कमेन्ट गर्नुहोस्